प्रकाश सपुतको नयाँ गीतले ल्यायो राष्ट्रिय राजनितीमा तरंग

प्रकाश सपुतको नयाँ गीतले ल्यायो राष्ट्रिय राजनितीमा तरंग

काठमाडौं,
गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ ले तरंग ल्याएको छ ।शुक्रबार युट्युबमार्फत् सार्वजनिक भएको गीतले सामाजिक सन्जालमा तरंग ल्याएको हो।
गीत सार्वजनिक भएको २४ घण्टा पनि नबित्दै ५ लाखभन्दा बढीले हेरिसकेका छन्।
माओवादी सशस्त्र द्वन्द्वपछि टाठाबाठाले सत्तामा पहुँच पुर्याएको तर सोझासाझाले भने सास्ती भोग्नुपरेको कथा भिडियोमा देखाउन खोजिएको छ।

गीत सार्वजनिक भएपछि युट्युब तथा सामाजिक सन्जालमा यसले चर्चा कमाइरहेको छ। केहीले यसले राम्रो कथा उठाएको भनेर प्रशंसा गरेका छन् भने केहीले एकतर्फी कथा भनेको भन्दै गायक सपुतको विरोध गरेका छन्।

चुनाव नजिकिएको बेला माओवादी पार्टीको विरोध गरेको भनेर केहीले यसको विरोध गरेका हुन् भने केहीले भने यसले राम्रो कथा तथा सामाजिक अवस्थाको उत्कृष्ट प्रस्तुति गरेको भन्दै प्रंशसा गरेका छन्।

माओवादी सशस्त्र द्वन्द्वमा सहभागी माओवादी लडाकुहरू द्वन्द्वपछि कस्तो स्थितिमा छन् भनेर पिरमा देखाउन खोजिएको छ।

भिडियोमा एउटा सशस्त्र द्वन्द्वमा सहभागी लडाकुका एक जोडी देशमा काम गर्न नसकेर विदेश जान बाध्य परेको र विदेशमा बन्धक बनेको कथाले देखाएको छ।

भिडियोमा प्रकाश सपुतसँगै नायिका सुरक्षा पन्त देखिएकी छन्। आरन प्रोडक्सनले उत्पादन गरेको गीतमा प्रकाश सपुतको आवाज छ भने सम्झना भण्डारीले पनि स्वर भरेकी छन्।

गीतमा प्रकाश सपुतको नै शब्द र संगीत रहेको छ। भिडियोको कथा तथा निर्देशन पनि गायक प्रकाश सपुतले गरेका छन्।

https://youtu.be/Gep3jLq32OI

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित