कालीकोट । हिमचुली कृषि सहकारी संस्थाका सदस्य तथा शुभकालिका निवासि पत्रकार विरेन्द्र आचार्यका परिवारलाई संस्थाले विमा वापत दुई लाख राहत हस्तान्तरण गरेको छ । गएको मंसिर १२ गते सुर्खेतमा मोटरसाइकल दुर्घटनमा परेका आचार्यकी पत्नि कल्पना अधिकारी(आचार्य)लाई दुई लाख राहत हस्तान्तरण गरेको छ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसद महेन्द्र बहादुर शाहीको उपस्थितिमा उक्त राहत हस्तान्तरण गरिएको हो ।
सहकारी संस्थाका अध्यक्ष सरोज बोगटीेको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित सांसद महेन्द्र बहादुर शाहीलाई स्वागत तथा अभिनन्दन समेत गरिएको थियो । सो कार्यक्रममालाई सम्बोधन गर्दै कर्नँलि प्रदेशका प्रथम मुख्यमन्त्रि समेत भइसकेका नवनिर्वाचित सांसद महेन्द्र बहादुर शाहीले कालीकोट जिल्लाको मात्र नभई कर्नालि प्रदेशकै गरिव निमुखाहरुको सारथि बन्दै आर्थक क्षेत्रमा उल्लेखनिय भुमिका निर्वाह गरेको बताउदै आगामि दिनमा आफुले सक्दो सहयोग गर्ने बताएका छन ।
राहत हस्तान्तरण कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष कालि बहादुर महतारा, वर्तमान सचिव धनलाल अधिकारी सहितले कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन ।
२०६५ सालमा स्थापना गरिएको हिमचुली कृषि सहकारी संस्था लि. ले हरेक सदस्यहरुकाे दुर्घटना तथा कालगति विमा गर्दै अाएकाे छ । हाल जिल्लाभर कार्यक्षेत्र रहेको छ भने यस संस्थाका १५ हजार आठ सय बढि सदस्यहरुमा वित्तिय तथा गैरवित्तिय कारोबार गर्दै अघि बढोको मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले बताए । उनका अनुसार जिल्लाभर विभिन्न कारोबारमा समुदायहको हितका लागि काम गर्दै आएकाले संघिय सरकारबाट सहकारी मार्फत आत्मनिर्भर अर्थतन्त्रमा महत्वपूर्ण योगदान हुनेमा विश्वास व्यक्त गरेका छन । चौथो पटक जित हांसिल गरेका शाहीलाई जिल्लामा पहिलो सम्मान हिमचुली कृषि सहकारीले गरेको हो ।