कालिकाेट । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि कालिकोट जिल्ला प्रत्यक्ष तर्फका उम्मेदवार नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आफ्नो जन्मस्थान काेटिलामा रहेकाे श्री कालिका देबि आघारभुत बिद्यालय पचालझरना ९ मतदान केन्द्रमा पहिलाे मतदान गर्नु भएको छ । आफुले सानाे हुँदा अक्षर चिन्न सुरु गरेकाे स्मरण गर्दै आज देशकाे नेतृत्व गर्ने ठाउँमा आफू पुगेको मा गर्व महसुस गरेकाे बताईएकाे छ । उक्त केन्द्रका मतदान अधिकृत लंक बहादुर बमले मतपत्र ग्रहण गर्दै पहिलाे मतप्रत्रमा मतदान गरेर शुभारम्भ गर्नुभएको छ । जिल्ला भरी बिहान ७ बजे देखि बेलुका ५ बजे सम्म शान्ति पुर्ण रुपमा सँन्चालन भएको जिल्ला निर्वाचन कार्यालय कालिकोटले जनाएकाे छ ।