३१ ओै जनयुद्ध दिवसकाे अवसरमा महेन्द्र बहादुर शाहीकाे शुभकामना सन्देश

३१ ओै जनयुद्ध दिवसकाे अवसरमा महेन्द्र बहादुर शाहीकाे शुभकामना सन्देश

 कालिकोट । नेपाली कम्युनिष्ट पार्टी का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका प्रत्यक्ष तर्फका उम्मेदवार  महेन्द्रबहादुर शाहीले ३१ औँ महान जनयुद्ध दिवसकाे अवसरमा सामाजिक सञ्जाल मार्फत शुभकामना सन्देश व्यक्त गरेका छन्। उनले भनेका छन् नेपाली जनता को सार्वभौमिकता र अखण्डताका निम्ति सर्वहारा वर्गका हितका लागि नेपाली जनताले १० वर्षको कुर्बानी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना गर्न सम्भव भएको बताउदै यसकाे उपलब्धि  र  रक्षा  गर्न २१ फागुनमा हुने प्रतिनिधि सभाकाे निर्वाचनमा  तारा चिन्हमा मतदान गरि  नेपाली कम्युनिष्ट  पार्टीलाई अत्याघिक बहुमत दिएर बिजय गराउन आग्रह  अनुराेघ गर्नु भएको  छ । पुर्व कर्णाली  प्रदेशका मुख्यमन्त्री  शाहीकाे समाजिक सँञ्जालमा  यस्तो  छ ।

शुभकामना  सन्देशकाे अंश

जनयुद्ध दिवसको शुभकामना⭐️⭐️

३१ औं जनयुद्ध दिवसको अवसरमा सम्पुर्ण नेपाली जनसुमदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु। यस ऐतिहासिक सन्दर्भमा देशमा क्रान्तिकारी परिवर्तनको निम्ति महान् जनयुद्धमा सहभागी भएर ज्यानको आहुति दिने महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। महान् जनयुद्धका क्रममा बेपत्ता पारिनु भएका योद्धाहरु, घाइते योद्धाहरु र उहाँहरुका परिवारजनप्रति उच्च सम्मान प्रकट गर्न चाहन्छु।

नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्वको थियो र अहिले पनि छ। जनयुद्धको जगमा सम्पन्न भएको ०६२/६३ को संयुक्त जनआन्दोलन पश्चात मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा संस्थागत भएको छ। जनयुद्धले स्थापित गरेका समावेशी समानुपातिक प्रतिनिधित्व, दलित, महिला लगायत सीमान्तकृत समुदायको अधिकारको रक्षा र तिव्र आर्थिक विकास गर्दै समाजवादको बाटोमा अघि बढ्नु नै आजको प्रमुख राजनीतिक कार्यभार हो। सोही कार्यभार पुरा गर्न बृहत कम्युनिस्ट एकता गरेर हामीले नेपाली कम्युनिस्ट पार्टी निर्माण गरेका छौं। नेपाली जनताको लामो संघर्ष र बलिदानबाट भएको राजनीतिक परिवर्तनको रक्षा गर्दै मुलुकलाई स्थिरता, सुशासन र समृद्धिको बाटोमा अगाडी बढाउनका लागि आगामी फागुन २१ गते हुनगइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीलाई विजयी गराउन समेत हार्दिक अनुरोध गर्दछु।

महेन्द्र बहादुर शाही

प्रतिनिधि सभा सदस्य उम्मेद्धार कालीकाेट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित