अल्किनाको जुनकिरी हराएको रात प्रचण्डबाट विमोचन

अल्किनाको जुनकिरी हराएको रात प्रचण्डबाट विमोचन

कालीकोट । जनयुद्धको क्रममा तत्कालिन सुरक्षाकर्मिको नियन्त्रणमा रहेर जेलजिवन भोगेकी पचालझरना गाउँ पालिका उपाध्यक्ष अल्किना बम(सेजुवाल) बवितालेको पहिलो कृति प्रकाशित गरिएको छ । जेलजिवनका क्रममा भोगेको पिडा र अनुभुति समेटेएिको जुनकिरी हराएको रात विमोचन गरिएको छ ।

नेकपा(माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ(क्रान्तिकारी)को सातौ राष्ट्रिय सम्मेलन उद्ध्घाटनका क्रममा अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)बाट विमोचन गरिएको हो । सो कार्यक्रममा पार्टीका उपाध्यक्ष कृष्ण बहादुर महरा, पम्फा भुसाल, उपमहासचिव शक्ति बस्नेत लगायतका नेताहरुको उपस्थितिमा विमोचन गरिएको हो । अल्किना बम(बविता)को पहिलो कृति हो । जनयुद्धका क्रममा बझाङ्ग जिल्लामा २०५९ देखि २०६३ साल सम्म जेलमा बसेकी अल्किना बम हाल पचालझरना गाउँ पालिका उपाध्यक्ष रहेकी छन ।
उनको प्रकासित कृतिमा यि यस्तै अनुभुतिहरु समेटिएको बताइएको छ ।
अहिले सम्झिन्छु । हामीलाई चरम यातना दिने तत्कालीन शाही नेपाली सेनाका जवान अनि हाकिमहरू के गर्दै होलान् । उनीहरूको जागिर र पद गणतन्त्रले कुन उचाइमा लिएको होला। हामीलाई निर्जीव वस्तुजस्तो ठान्ने तिनीहरूको मानवीय समवेदना कहाँ पुग्यो होला रु त्यो यातना शिविर जहाँ पशुजस्तै राख्ने गरेका ती ठाउँ कस्ता भए होलान् रु यसरी ल्याइएको गणतन्त्रको बिटमा उनीहरू के गर्दै होलान्। यो पल सबैलाई सम्झिरहेकी छु।
‘जुनकिरी हराएको रात’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित