मालिक भन्दा श्रमिक सम्मानित हुनु पर्छ -प्रथम मुख्यमन्त्रि शाही

मालिक भन्दा श्रमिक सम्मानित हुनु पर्छ -प्रथम मुख्यमन्त्रि शाही

कालीकोट । नेकपा (माओवादी केन्द्र) का नेता तथा कर्नाली प्रदेशका प्रथम मुख्य मन्त्री का साथै संघिय सांसद महेन्द्र बहादुर शाहीले देशमा वास्तविक काम गर्ने मजदुरले सम्मान पाउनु पर्नेमा ठिक उल्टो भएको बताएका छन । सामाजिक सुरक्षा कोषको आयोजनामा कालीकोट जिल्लामा गरिएको अन्तरक्रिया कार्यक्रमलाई भर्चअल माध्यमबाट सम्बोधन गर्दै नेता शाहीले सो कुरा बताएका हुन ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोष लाई व्यवस्थित पारेर हरेक मजदुरले दिर्घकालिन रुपमा स्वास्थ्य, उपचार र पेन्सनलाई सुनिश्चित गर्न गराउन कोषको महत्वपूर्ण भूमिका रहेको बताउँदै शाहीले देशभरका सबै मजदुरहरु कोषमा आवद्ध भइ अघि बढ्न आग्रह गरेका छन्।

कोषका उप निर्देशक कृष्ण अधिकारीले सहजिकरण गर्दै सामाजिक सुरक्षा कोषको भूमिकाका विषयमा सहजिकरण गरेका छन । उक्त कार्यक्रममा कालीकोट जिल्लाका स्थानिय सरकारका प्रमुख , ज्यालादारी तथा करारका कर्मचारीहरुको सहभागिता रहेको छ ।

कालीकोट जिल्ला समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा सरोकारवालाहरुको उपस्थिति रहेको छ ।

कालीकोट जिल्लामा सामाजिक सुरक्षाकोषमा हिमचुली कृषि सहकारी संस्था लिमिटेडका ४४ जना कर्मचारीहरु आवद्ध भएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित