पचालझरना गाउँ पालिका स्वास्थ्य शाखा काे आयाेजनामा पालिका स्तरिय स्वस्थ बच्चा सम्मान कार्यक्रम ” मेराे सन्तान मेराे सान ” भन्ने मुल नाराका साथ भएको कार्यक्रममा पचालझरना गाउँ पालिका का प्रशासकीय अधिकृत कमल बहादुर बमकाे अध्यक्ष्ातामा भएको कार्यक्रममा पचलझरना गाउँपालिका अध्यक्ष देवराज शाहीको प्रमुख आतिथ्यतता रहेकाे बताईएकाे छ । कार्यक्रममा वडा नँ १ का वडा अध्यक्ष बिर्ख लुवार, वडा नँ ४ का वडा अध्यक्ष अनरुप राेकाया , वडा नं ८ का अध्यक्ष जयराम टमट्ा काे उपस्थिति रहेकाे थियोे । पचालझरना गाउँ पालिका भित्रका वडा नँ १ देखि वडा नँ ९ सम्मका ९ ओटा आमाहरू आमन्त्रण गरि सुनाैलाे हजार दिनका आमा हरुलाई प्रशंसा प्रत्र बितरण गरिएको छ । बिगत देखिनै याे कार्यक्रम लाई निरन्तरता दिदै आईरहेकाे बताईएकाे छ । कार्यक्रम का प्रमुख अतिथि गाउँ पालिका अध्यक्ष शाहीले परिवार र सरकारकाे दाेहाेराे जिम्मेवारीबाट मात्र बालबालिकाे भबिस्य निर्माण हुने बताईएकाे छ ।कार्यक्रम सँन्चालन स्वास्थ्य शाखा प्रमुख बिरेन्द सँज्यालले गर्नु भएको थियाे