बेलडाँडी दलित हकहित संजालद्धारा आगामी निर्वाचनमा दलितको प्रतिनिधित्व विषयमा अन्तरक्रिया

बेलडाँडी दलित हकहित संजालद्धारा आगामी निर्वाचनमा दलितको प्रतिनिधित्व विषयमा अन्तरक्रिया

बेलडाँडी,
आगामी निर्वाचनमा दलितहरुको सहभागिता र प्रतिनिधित्व विषयमा दलित अगुवा भेला तथा अन्तरक्रिया कार्यक्रम हिजो सम्पन्न भएको छ ।

बेलडाँडी दलित हकहित संजालको आयोजनामा शुरु भएको कार्यक्रममा बेलडाँडीका सबै पार्टीमा रहेका दलित अगुवा नेताहरुको सहभागिता रहेको थियो । दलित अगुवाई गर्ने नेताहरुले भने दलित हकहितका सवालमा सबै एकजुट भएर जाने ।

जव सम्म दलितहरु नेतृत्वमा आउदैनन तव सम्म दलितका विषयमा उठाएका हरेक मुद्धाहरु सम्वाधन नहुने भएकाले जुनसुकै पार्टीबाट पनि दलित नेतृत्वमा आउछ भने सबै दलितहरुले उसलाई साथ सहयोग गर्ने भन्ने विषयमा छलफल गरिएको बेलडाँडी दलित हकहित संजालका सचिव रमेश चनाराले जानकारी गराउनु भयो ।

कार्यक्रममा हकहितका अध्यक्ष दिनेश सुनार, रमेश चनारा, दिपक नेपाली, कमला ओखेडा,दिल बहादुर सुनार,लक्ष्मण सुनार लगायतकाहरुले हकहितको बारेमा सुझाव राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित