प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति संयोजक पचालझरना गाउँ पालिका अध्यक्ष देवराज शाहीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख मिना रावतकाे प्रमुख आथित्यता र पचालझरना गाउपालिका उपाध्यक्ष अल्किना बम शिक्षा विकास तथा समन्वय इकाई प्रमुख हर्ष चौलागाईं, पूर्व गाउँपालिका अध्यक्ष खड्गराज सेजुवाल , पुर्व गाउँपालिका उपाध्यक्ष तारा न्याैपाने राजनीतिक दलका प्रमुख प्रतिनिधी , शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख धुर्वलाल सँज्याल , बि ब्य स अध्यक्ष तथा बिद्यालयका प्रधानाध्यापक सराेकारवाला सबैकाे उपस्थिति रहेकाे बताईएकाे छ । कार्यक्रममा प्रमुख अतिथी समन्वय उपप्रमुख रावतले शिक्षा क्षेत्रमा देखिएका समस्या हरुलाई सामाधान गर्न समाजमा रहेका शिक्षित वर्ग र समुदायकाे दायित्व रहने भएकाले खेलकुद बिधा पनि शिक्षाको अनिवार्य महत्त्वपूर्ण कार्य आजकाे युगकाे आवश्यकता भएकाले बालबालिकालाई आप्नाे कला क्षमता प्रर्दशन गरेर राष्ट्र का लागि समर्पित गर्ने याे अवसर भएकाले सबैकाे सकरात्मक सहभागीताले सबैकाे हित हुने बताउदै कार्यक्रम सफलताकाे शुभकामना दिनुभएको बताईएकाे छ । पचालझरना गाउँ पालिकामा रहेका १० वटा माध्यमिक बिद्यालय हरुकाे उपस्थिति रहेकाे छ । २६ गते २ दिन सम्म कार्यक्रम सँन्चालन हुने आयाेजकले जानकारी दिएकाे छ । केही बिधाका खेलहरु आज खेलाई सकिएकाे र बाँकी खेलहरु भाेलि बिहान ७ बजेदेखि सुरु गरेर २६ गते समापन गरिने गाउँ खेलकुद बिकास समिति अध्यक्ष भुपेन्द्र बहादुर शाहीले जानकारी दिनुभएको छ । यस पटक सरस्वती मा बि भिट्टाले घेरै बिधामा जितेकाले रनिङ शिल्ड प्राप्त गर्न सक्ने अनुमान गरिएको छ । कार्यक्रम सँन्चालन पंगेली देवी मा बि नुवाघरका प्र अ घर्मराज बाेगटीले गर्नुभएको थियोे । अघिल्लो पटक बिजेता पगेलि मा बि नुवाघर भएको हाे ।