रुपेन्द्र ऐडी/कालीकोट । विगतका निर्वाचनमा निर्वाचनको नतिजा सार्वजनिक संगै हार बेहोरेका नेताहरु एकले अर्का प्रति बैमनस्यता, रिस राग बोक्दै आन्तरिक समिक्षामा व्यस्त रहने गरेको भएपनि यस पटक कालीकोटका ठुला दलका नेताहरु मतदातालाई धन्यवाद दिन गाउँ पसेका छन । त्यति मात्र नभई विजयी भएका दलका नेता तथा उम्मेद्धारहरु समेत केन्द्रमा पुगेर शिर्ष नेताहरुको आशिर्वाद लिने गरेका भएपनि यस पटक राष्ट्रिय राजनैतिक फरक आए संगै मतदाताहरु विच धन्यवाद दिन पुगेका छन ।
कालीकोट जिल्लाबाट चाैथाे पटक ११ हजार तिन सय ३८ मत ल्याई विजयी भएका नेपालि कम्यूनिष्ट पार्टीका नेता महेन्द्र बहादुर शाहीले जिल्लामा र्यालि सहित कार्यक्रताहरु विचमा सामान्य छलफल सहित तेस्रो दिन नरहरिनाथ गाउँ पालिकाको कुमालगाउँमा धन्यवाद कार्यक्रममा सहभागि भएका छन । त्यसै गरी नेकपा(एमाले)का तर्फबाट उम्मेद्धार रहेका नगिन्द्र शाही(नेशनल)ले १० हजार तिन सय ५२ मत ल्याई उपविजेता भएपनि आइतबार विहान पत्रकार सम्मेल गर्दै गाउँ पसेका छन । उनले आफुलाई मतदान गर्ने सबै मतदातालाई धन्यवाद दिदै विजयी भएका महेन्द्र बहादुर शाहीलाई संसदमा कालीकोटे जनताको पक्षमा बोल्न र विकास निर्माण गर्न अनुरोध समेत गरेका छन ।


खांडाचक्र नगर पालिकाको वडा न. ६ दाहाँका मतदाताहरुका विच सम्बोधन गर्दै आफु जनता विच निरन्तर रहने भएकाले जनताको सेवा गर्न लागि पर्ने बताउदै संसद नछिरे पनि जनताको मनमा रहिरहने बताउदै अझ मजबुत हुंदै एक ढिक्का भएर अघि बढ्ने विश्वास व्यक्त गरेका छन । कालीकोट जिल्लाको अर्काे ठुलो दल नेपालि कांग्रेसका उम्मेद्धार हर्ष बहादुर बमले सात हजार तिन सय ३१ मत ल्याएका थिए । तेपालि कांग्रेसले पनि गाउँ अभियान थालनि गर्ने बताइएको छ ।
त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टी कालीकोटले निर्वाचनका भोलि पल्ट जिल्लामा उपलब्ध नेता तथा कार्यक्रताहरु विचमा समिक्षा गर्दै जिल्ला छोडेका छन । त्यसै गरी नेकपा(माओवादी)का नेता खड्गबहादुर विक(प्रकाण्ड) पनि गाउँ पसेका छन । उनि शनिबार आफ्नो गृह पालिका नरहरिनाथमा गएका छन । उनले भिडियो सन्देश मार्फत आफुलाई छोटो समयमा विश्वास गरेर चार हजार ५ सय ९९ मत दिएकोमा धन्यवाद समेत दिएका छन ।

तस्विर : कमल काेपिला एवँम सामािजक सँजाल