कालीकोट । नेपालि कम्युनिष्ट्र पार्टीका नेता महेन्द्र बहादुर शाहीले चौथो पटक कालीकोटबाट विजयी भएका छन । प्रतिनिधि सभा निर्वाचन २०८२का लागि भएको निर्वाचनमा कालीकोट जिल्लाबाट महेन्द्र बहादुर शाही विजयी भएका हुन । २०७० सालमा प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका शाही पहिलो पटक उर्जा मन्त्रि भएका थिए । त्यसपछि २०७४ सालको निर्वाचनमा कालीकोट जिल्लाका प्रदेश निर्वाचन क्षेत्र ख बाट जित हांसिल गर्दै कर्नालि प्रदेशका पहिलो मुख्य मन्त्रि भएका थिए ।
त्यसपछि नेपालि कांग्रेस र नेकपा(माओवादी केन्द्र)विच भएको तालमेलका क्रममा २०७९ सालमा भएको प्रतिनिधि सभामा निर्वाचित महेन्द्र शाही पुन २०८२मा भएको निर्वाचन समेत निर्वाचित भएका हुन । उनले कालीकोटबाट ११ हजार तीन सय ३८ मत ल्याई विजयी भएका छन भने उनका प्रतिद्धन्द्धि नेकपा(एमाले)का नगेन्द्र बहादुर शाहीले १० हजार तिन सय ५२ मत प्राप्त गरेका हुन । त्यसै गरी नेपालि कांगे्रसका हर्ष बहादुर बमले ७ हजा र एक सय ३३ मत ल्याएका थिए भने नेकपा(माओवादी)का खड्गबहादुर विक(प्रकाण्ड)ले ४हजार पांच सय ९९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय कालीकोटले जनाएको छ ।
यस अघिका निर्वाचनमा २०७४ सालमा नेकपा भएको अवस्थामा एमालेका तर्फबाट कुर्मराज शाहीले प्रदेश सभा निर्वाचन क्षेत्र क बाट विजय हांसिल गरेका थिए भने नेपालि कांग्रेस र माओवादी विच भएको तालेमलमा हिक्मत बहादुर विष्टले प्रदेश सभा निर्वाचनमा ख बाट विजय हांसिल गरेका थिए । २०५६ सालमा नेकपा(एमाले)का प्रेम बहादुर सिंहले प्रतिनिधि सभा निर्वाचनमा जित हांसिल गरेदेखि हाल सम्म विरासत जोगाउन सकेको छैन । २०६४ सामा नेकपा(माओवादी) का खड्ग बहादुर विकले जित हांसिल गरे संगै लगाता जित हांसिल गर्द २०७४मा नेकपा(माओवादी केन्द्र)का तर्फबाट दुर्ग बहादुर रावतले प्रतिनिधि सभा निर्वाचनमा जित हांसिल गरेका थिए ।