पलातामा धनकर्णले गरे जन्मदिनमा शैक्षिक सामाग्रि वितरण

पलातामा धनकर्णले गरे जन्मदिनमा शैक्षिक सामाग्रि वितरण

सुर्य विश्वकर्मा, कालीकोट । पलाताका धनकर्ण विकले जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्रि वितरण गरेका छन । पलाता गाउँ पालिका गाउँ पालिका वडा न.२ लार्फमा रहेको सिद्धनाथ आधारभूत विद्यालयमा कार्यरत विश्वकर्माले ३९ र्औ जन्मदिन मनाएका हुन । उक्त विद्यालयका शिक्षक कर्मचारीहरुको उपस्थितिमा विद्यालयका एक सय जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका हुन ।

सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनजन विश्वकर्माको अध्यक्षता तथा वडा नम्बर २ का वडा अध्यक्ष भीमप्रसाद न्यौपानेको विशेष उपस्थितिमा भएको हो । त्यसै गरी निवर्तमान वडा अध्यक्ष विरी विश्वकर्मा, सरस्वति मा वि राडुनेटाका प्रध्यानाध्यापक सर्जन प्याकुरेल, सहित सरोकारवालाहरुको उपस्थिति रहेको बताइएको छ ।

सोही विद्यालयका प्रधानाध्यापक कृष्ण कामीले जन्मदिनको अवसरमा विद्यार्र्थीहरुलाई शैक्षिक सामाग्रि वितरण गर्नु राम्रो भएको बताएका छन । लामो समय देखि सामाजिक सेवामा क्रियासिल धनकण् समाज सेवा तथा धनकर्ण विश्वकर्माले आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा गुणस्तरीय शिक्षा का लागि पहल कदम गदै निरन्तर खटिने प्रतिबद्धता गरेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित