हिमचुली सहकारीद्धारा तीन लाख राहत हस्तान्तरण

हिमचुली सहकारीद्धारा तीन लाख राहत हस्तान्तरण

कालीकोट । सहकारीले मृतक सदस््यका परिवारलाई तीन लाख रकम राहत प्रदान गरेको छ । संस्थाको १७ औं वार्षिक साधाण सभामा खांडाचक्र नगर पालिका वडा न.७ पिलिकी स्वर्गिय मनशोभा मल्लका श्रीमान रत्न बहादुर मल्ललाई २ लाख र खांडाचक्र नगर पालिका वडा न. ५ दाहाँ निवासि स्वर्गिय वाल्का नेपालिका पति अज्जने नेपालिलाई एक लाख गरी तीन लाख राहत हस्तान्तरण गरिएको हो । सं

स्थाका अध्यक्ष काली बहादुर महतारा सहितको उपस्थितिमा भएको एकाई साधारण सभाका क्रममा खांडाचक्र नगर पालिका वडा न.७ का वडा सदस्य वीरेन्द्र मल्लको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दबै जनाका घर परिवारलाई राहत हस्तान्तरण गरिएको संस्थाका पिलि सेवा कार्यालय व्यवस्थापन समिति संयोजक धनलाल अधिकारीले बताएका छन । उनका अनुसार यस अघि चंदारालाई समेत कालगतिमा मृत्यु भएको अवस्थामा एक लाख राहत प्रदान गरिएको थियो ।

सहकारीले जिल्लामा गत वर्ष ११ जनालाई कालगति राहत वापत १८ लाख सहयोग गरिएको थियो । सहकारीले सदस्यहरुको कालगति तथा दुर्घटना विमा गर्दै आएको छ भने कर्जा सुरक्षणका लागि व्यवस्थापन गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित