हिमचुलीले सामाजिक क्षेत्रमा उत्कृष्ट काम गरेको छ – उपप्रमुख शाही

हिमचुलीले सामाजिक क्षेत्रमा उत्कृष्ट काम गरेको छ – उपप्रमुख शाही

कालीकोट । तिलागुफा नगर उपप्रमुख महेन्द्र बहादुर शाहिले हिमचुली कृषि सहकारी संस्था लिमिटेडले सदस्यको वचत तथा श्रृण को कारोवार मात्र नभई सामाजिक कुरीती कुसंस्कार हटाउन ठुलो भूमिका निर्वाह गरेको बताएका छन्। संस्थाको १७ औं वार्षिक साधारण सभा को एकाइ नम्बर १ को गाल्जेमा भएको बैठकलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन । सहकारीले कृषि वस्तु समेत संकलन गर्दै बजारीकरण समेत गरेकोमा धन्यवाद दिदै नगरबाट हुने सेवा प्रवाह समेत गरिने बताएका छन । उक्त बैठकमा संस्थाका अध्यक्ष काली बहादुर महताराले प्रगति प्रतिवेदन त गरेका छन भने संस्थाका कोषाध्यक्ष कृष्णकला पाण्डेले लेखा परिक्षण र आर्थिक प्रतिवेदन प्रस्तुत गरेको संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले बताए ।
हिमचुली कृषि सहकारी संस्था लि. को १७ औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनको उद्घाटन गरिएको छ। कात्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार मंसिर २० गतेबाट एकाइ स्तरमा शुरु भएको बैठक जिल्लाका ९ वटै पालिकामा पौष १५ गते सम्पन्न गरिने संस्थाका अध्यक्ष काली बहादुर महताराले जानकारी दिएका छन । हिमचुली कृषि सहकारी संस्था लिमिटेड को हाल १५ हजार ५ सय ९८ जना सदस्यहरुमा विभिन्न कारोवार गर्दै आएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित