हिमचुली सहकारी उत्कृष्ट कर दातामा सम्मानित

हिमचुली सहकारी उत्कृष्ट कर दातामा सम्मानित

रुपेन्द्र ऐडी । कालीकोट – हिमचुली कृषि सहकारी संस्था ‘उत्कृष्ट करदाता’का रूपमा सम्मानित भएको छ। ‘

आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी आयकर दाखिला गरेको योगदानका आधारमा ‘राष्ट्रिय कर दिवस २०८२’को अवसरमा अन्तरिक राजश्व कार्यालय जुम्लाले संस्थालाई सम्मान गरेको हो।

आन्तरिक राजश्व कार्यालयका प्रमुख प्रभात घिमिरेले संस्थाका संचालक धनकृष्ण न्यौपानेलाई सम्मानपत्र प्रदान गर्दै करदाताको दायित्व निर्वाह गर्दै उदाहरण प्रस्तुत गरेको भन्दै प्रशंसा गरेका थिए।

संस्थाले स्थानीय आर्थिक गतिविधि बढाउन, सदस्यहरूको बचत अभिवृद्धि गर्न, जिम्मेवार लगानी विस्तार गर्न र आर्थिक वर्षसम्म संस्थाले आर्जन गरेको आम्दानी पारदर्शी रूपमा आयकर दाखिला गरेर राज्यको राजस्व वृद्धिमा योगदान पुऱ्याएको बताइएको छ।

संस्थाले कर–अनुशासन, वित्तीय पारदर्शिता र सुशासनलाई प्राथमिकता दिँदै आएको संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले बताए । यस उपलब्धिले सहकारीको पारदर्शिता, जिम्मेवारी र राम्रो व्यवस्थापनलाई अझ उजागर गरेको मुख्य व्यवस्थापक आचार्यको भनाई रहेको छ।

हिमचुली कृषि सहकारी संस्था लिमिटेड २०६५ साल भाद्र २५ गते स्थापना भइ हाल ११ वटा सेवा केन्द्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । यस सहकारीका १५ हजार ६ सय ४७ जना सदस्य ५० करोडको कारोवार सहित अधि बढेको सफल सहकारी रहेको बताइएको छ ।

हिमचुली कृषि सहकारी संस्थाले यस अघि तीन आर्थिक वर्षमा लगातार सम्मानित हुँदै आएको छ । यस पटक जुम्ला र मुगु जिल्लाबाट एक एक जना व्यवसायि र कालीकोट जिल्लाबाट हिमचुली सहकारी सम्मानित गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित