पाण्डेले दुध बेचेरै एक लाख ५० हजार आम्दानि

पाण्डेले दुध बेचेरै एक लाख ५० हजार आम्दानि

कालीकोट । खांडाचक्र नगर पालिका वडा न.३ का  भैसि पालन गर्दै आएका जग्ग पाण्डेले वार्षिक एक लाख ५० हजार आम्दानि गरेका छन ।

लामो समय देखि भैसिपालन गर्र्दै आएका पाण्डेले गएको २०८१ साउन देखि २०८२ अषाढ सम्म तिन हजार तिन सय ७२ लिटर दुधबाट एक लाख २२ हजार बढि कमाउन सफल भएका छन । खांडाचक्र नगर पालिका वडा न.३ ताडीमा भैसि पालन गर्ने जग्ग पाण्डेले सबै भन्दा बढि प्रोत्साहन पाएका छन ।

आज हिमचुली कृषि सहकारी संस्था लि.को कार्यालयमा वितरण गरिएको प्रोत्साहन हस्तान्तरण कार्यक्रममा संस्थाका मुख्या व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यको उपस्थितिमा वितरण गर्दै जग्ग पाण्डेकी पत्नि सविना पाण्डेले प्रोत्साहन वापत ३३ हजार सात सय २० रुपौ बुझेकी हुन । यस अघि नेपाल प्रहरीमा काम गरेका जग्ग पाण्डेले अहिले भैसि पालनका साथै बंगुर पालन तथा तरकारी खेति गर्दै आएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित