माओवादी केन्द्र कालिकोटको भर्चुअल बैठक सम्पन्न पार्टीको कामलाई निरन्तरता दिन पुर्व मुख्य मन्त्री शाहीको निर्देशन

माओवादी केन्द्र कालिकोटको भर्चुअल बैठक सम्पन्न पार्टीको कामलाई निरन्तरता दिन पुर्व मुख्य मन्त्री शाहीको निर्देशन

कालिकोट  । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति कालीकोटको आयोजनामा आज बिहान ७:३० देखि १०:४५ बजेसम्म भर्चुअल बैठक सम्पन्न भएको छ। बैठकको अध्यक्षता जिल्ला समन्वय समिति कालीकोटका संयोजक डिबि शाही क.दिलिपले गर्नुभएको थियो भने प्रमुख अतिथि कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले  गर्नुभएको बताईएकाे  छ ।

बैठकमा पार्टीका कर्णाली प्रदेश अध्यक्ष बिमला केसी, जिल्ला इन्चार्ज जीवन बुढा, सह-इन्चार्ज गंगा खड्का  लक्ष्मीप्रसाद चौलागाईं काे  सहभागीता रहेको  बताएका छन्। भर्चुअल माध्यमबाट सम्पन्न बैठकमा कालिकोट जिल्लाबाट प्रतिनिधित्व गर्ने कर्णाली प्रदेश कमिटी सदस्यहरू, स्थानीय तहका इन्चार्ज, सह-इन्चार्ज, अध्यक्षहरू, स्थानीय सरकार प्रमुख तथा उपप्रमुखहरू,  र नेता कार्यकर्ता हरुकाे  समेत उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी सबैकाे पार्टीलाई सशक्त  र प्रभाबकारी रुपमा अगाडि  बढाउन आ आफ्नोतर्फबाट  भुमिका  खेल्न  एकमत  रहेकाे  बताएका  छन ।

बैठकमा विभिन्न स्थानीय कमिटीहरूले आफ्नो रिपोर्टिङ प्रस्तुत गरेका थिए भने अतिथिहरूले समसामयिक राष्ट्रिय राजनीतिक अवस्थामाथि प्रशिक्षणमूलक मन्तव्य राख्दै संगठनात्मक अनुशासन र एकता मजबुत पार्न विशेष जोड दिनुभयो।

बैठकले बाँकी रहेका पालिका तथा जवसका सम्मेलनहरू साउन महिनाभित्र सम्पन्न गर्ने, पार्टीको हाल सञ्चालनमा रहेको ६ महिने अभियानका बाँकी दुई महिनालाई थप प्रभावकारी बनाउँदै जिल्लाभर तीव्र रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ। साथै, आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम तथा बजेटलाई जनपक्षीय बनाउने निर्देशनसमेत बैठकले दिएको छ।

बैठक समापनमा संयोजक डिबि शाहीले बैठकमा सहभागी सम्पूर्ण प्रतिनिधिहरूप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै सक्रिय सहभागिता र जनपक्षीय कार्यदिशा अवलम्बन गर्न आह्वान गर्नुभएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित