कालीकोट । विश्व श्रमिक दिवसको अवसरमा श्रमिकलाई सम्मान गरिएको छ । १३६ औं श्रमिक दिवस देशभर श्रमिक मनाइ रहँदा कालीकोटमा भने श्रमिकहरु लाई सम्मान गरिएको छ ।
जिल्लाको सान्नित्रिवेणी गाउँ पालिका सरकारले सम्मान गरेको हो । सान्नितिबेण गाउँ पालिका अध्यक्ष मोहन केसीको उपस्थितिमा वडा नम्बर १ देखि ९ सम्मका कृषक तथा व्यवसायिक नागरिकलाई सम्मान गरिएको बताइएको छ । श्रमको सम्मान गरेकोमा पालिका सरकारलाई स्थानियले धन्यवाद दिएका छन ।
त्यसै गरी अखिल नेपाल मजदुर संगठनले कालीकोटको कोटवाडामा श्रमिक दिवस मनाएको छ ।