बेलडाँडी कांग्रेसको पार्टी कार्यालय उद्घाटन

बेलडाँडी कांग्रेसको पार्टी कार्यालय उद्घाटन

बेलडाँडी,
नेपाली कांग्रेस बेलडाँडीले आफ्नो पार्टी कार्यालय स्थापना गरेको छ । आज एक कार्यक्रमका माझ संविधान सभा सदस्य दिवान सिह बिष्टद्धारा पार्टी कार्यालय उद्घाटन गरिएको हो । बेलडाँडी गाउँ कार्य समितिको आयोजनामा कार्यक्रमका प्रमुख अतिथि विष्टले पार्टी कार्यालयको रिवन काटेर उद्घाटन गरेको बेलडाँडी कांग्रेसले जनाएको छ ।

गज बहादुर विष्टको सभापतित्व र संविधान सभा सदस्य बिष्टको प्रमुख आतित्यथामा सम्पन्न भएको कार्यक्रमका विशिष्ट अतिथिमा जिल्ला उप सभापति हरिचन्द्र राना, बन्धु राना, गोपाल सिह गुरुङ्ग, गोपीप्रसाद उपाध्याय रहनु भएको थियो । भने अतिथिहरुमा काँग्रेसका विभिन्न तह तप्काका नेताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेता विष्टले सम्बोधनका क्रममा पार्टी नेता तथा कार्यकर्तालाई आगामी निर्वानमा नेपाली काँग्रेसको जित गराउन सबैले आफ्नो ठाउँबाट सक्रिय भएर लाग्नु पर्ने बताउनु भयो । उहाँले भने अव बेलडाँडीमा काँग्रेसले नेतृत्व लिने दावी गर्नु हुदै जनताको घर दैलोमा जान कार्यकर्तालाई निर्देशन दिनु भयो ।” उनले भने ‘पार्टीको निर्णयले सबैको सहमतिमा उम्मेद्धवारको टुंगो लाग्ने भएकाले अहिलेनै कसैले पनी उम्मेदवारको दावी नगर्न सबै नेता कार्यकर्तालाई अनुरोध गरे ।’

काँग्रेस नेता एवं महाधिवेशन प्रतिनिधि जनक सिह धामीले बेलडाँडीलाई कांग्रेसमय बनाउन सबै पार्टी क्रियाशिल सदस्यलाई सक्रिय भएर निर्वाचनको तयारीमा जुटनु पर्ने बताउनु भयो । उनले भने ”बेलडाँडीमा नेपाली कांग्रेसको विकल्प नभएको भन्दै स्थानिय तहको निर्वाचनमा जनताले कांग्रेसको नेतृत्वलाई विजयी गराउने दावी गरे ।”

कार्यक्रममा बोल्ने अधिकाशं बक्ताको धारण अवको निर्वाचनमा कांग्रेस पार्टीलाई विजयी गराउन कसरी सकिन्छ भन्नेमा सुझावपुर्ण धारणा राखेका थिए । बेलडाँडीका उप सभापति टिका खड्काको स्वागत मनतव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन भने सचिव कुलैराज उपाध्यायले गर्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित