असिनाले बालीनालीमा क्षति

असिनाले बालीनालीमा क्षति

वर्षासँगै परेको असिनाका कारण खोटाङका विभिन्न ठाउँमा लगाइएको बालीनालीमा क्षति पुगेको छ । बुधबार साँझ वर्षासँगै परेको बाक्लो असिनाका कारण ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावाबेँसी गाउँपालिका, रावाबेँसी गाउँपालिका लगायतका स्थानमा लगाइएको गहुँ, मकै, आलु, बन्दा, गोलबेँडा, सिमी, फर्सी लगायतका बालीनालीमा क्षति पुगेको हो ।

पाकेर भित्र्याउन तयार भएको गहुँको बाला असिनाले हिर्काएर झारेको छ । मकै, आलु, बन्दा लगायतको बोट असिनाले हिर्काउँदा लाछिएर जमिनमा लतारिएको छ । असिनाले मकै पात र आलुको बोट च्यातच्युत पारेर जमिनमा झारेको किसान बताउँछन् । असिनाले बालीनालीमा क्षति पुग्दा उत्पादन घट्नेमा किसान चिन्तित बनेका छन् ।

पुनः शुक्रबार परेको असिना पानीले बालीनालीमा थप क्षति पुर्‍याएको छ । क्षतिको विस्तृत विवरण प्राप्त नभए पनि जिल्लाको लेकाली क्षेत्रमा असिनाले बालीनालीमा बढी क्षति पुर्‍याएको जानकारी आएको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख हरिनारायण राईले बताए । असिनाले फुल्दै र फल्दै गरेको फलफूलमा समेत क्षति पुर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित