पोखरा ३३ एमालेमा प्रबेशको लहर ,दुई दर्जन बढी युबाहरु एमाले प्रबेश

पोखरा ३३ एमालेमा प्रबेशको लहर ,दुई दर्जन बढी युबाहरु एमाले प्रबेश

स्थानिय तहको निर्बाचनको मिति नजिकिदै गर्दा पोखरा महानगरमा एमाले प्रबेशको क्रम बढ्दै गएको छ । यसै क्रममा पोखरा महानगर वडा न ३३ मा दुई दर्जन बढी युबाहरु सो पार्टिमा प्रबेश गरेका छन । यसरी प्रबेश गर्ने हरुमा कर्ण बहादुर पुन ,समीर खवास ,विशाल नेपाली ,प्रबिण थापा मगर,सुशील पुन ,महेश नेपाली,आकाश नेपाली ,भगवान भट्टराई ,रोशन थापा मगर बुद्ध नेपाली ,मनोज पुन ,मनोज नेपाली,मनोज मगर ,रोहित थापा मगर ,राजन आचार्य ,सुमिन पुन,मन्दिप पुन अन्कित गुरुङ लगायत रहेका छन । उनिहरु सो वडाका नेपाली काङ्ग्रेस ,ने क पा माओबादी केन्द्र, ने क पा समाजबादी लगाएतका दल त्याग गरि एमालेमा प्रबेश गरेका हुन ।

उनिहरुलाइ ने क पा एमालेको तर्फबाट सो वडाका अध्यक्षका उम्मेदवार शिव प्रसाद आचार्य , महिला सदस्य पदका शान्ति पाध्या , दलित महिला सदस्य पदका लिला देबि नेपाली ,सदस्य पदका बिनोद भन्डारी ,शंकर बहादुर अधिकारी लगाएतले स्वागत गरेका थिए। सो अबसरमा अध्यक्ष पदका उम्मेदवार आचार्यले एमालेको जनमुखी कामबाट प्रभाबित भएर समाहित हुन सम्पुर्ण वडाबासिलाइ आग्रह गरे। उनले समृद्धिको अभियान पूरा गर्न र त्यसको नेतृत्व एमालेले मात्रै गर्न सक्ने कुरा आफ्नो नेतृत्व को वडाको टिमले प्रमाणित गरिसकेको जिकिर गरे। जनता सङ्ग साक्षात्कार गर्ने घर दैलो अभियान निरन्तर जारी राखेको सो वडा कमिटिले मंगलबार वर ,पौवा चौवादी ,बर्छा ,कुर्लिङ लगायतका स्थानमा भेट्घाट कार्यक्रम सम्पन्न एमाले ३३ का अध्यक्ष दिपकराज लामिछानेले बताए। सो अबशरमा साबिक भरत पोखरी गा बि स अध्यक्ष यज्ञ प्रसाद अधिकारी , पेशागत महासंघ गण्डकीका महासचिब बैकुण्ठनाथ आचार्य ,अग्रज बाम बुद्धिजीवी सदन महत , युबा संघ नेपाल वडा न ३३ का अध्यक्ष केशब आचार्य लगाएतले आफ्नो पार्टिले सो वडाको बिकास निर्माणका लागि खेलेको भुमिकाको चर्चा गरेका थिय। घर दैलो कार्यक्रममा टोल कमिटी तथा वडा कमिटी सहित स्थानियहरुको उल्लेख्य सहभागिता थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित