निवर्तमान मेयर अमानसिङ तामाङले स्वतन्त्र उम्मेदवारी फिर्ता लिए

निवर्तमान मेयर अमानसिङ तामाङले स्वतन्त्र उम्मेदवारी फिर्ता लिए

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका निवर्तमान मेयर अमानसिङ तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

शुक्रबार निर्वाचन कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिएको उनले जानकारी दिए । उनले उम्मेदवारी छनोट गर्ने सिलसिलामा गरेको निर्णयप्रति असन्तुष्टि प्रकट गर्दै पुनः नगर प्रमुखको रुपमा नेकपा माओवादी केन्द्रको तर्फबाट स्वतन्त्र उमेरद्धारी दिएका थिए ।

प्रेस विज्ञप्ति जारी गर्दै उनले आफ्नो उम्मेदवारीले पार्टीलाई घाटा हुने सम्भावना देखेपछि आफूले फिर्ता लिएकाे बताए । ‘आम नगरबासीको चाहना, आम पार्टी नेता कार्यकर्ताको चाहना र शुभेच्छुकहरुको भावनालाई कदर गर्दै माओवादी केन्द्रलाई एक ढिक्का बनाई आगामी निर्वाचनमा जित सुनिश्चित गर्नका लागि मैले मेरो उम्मेद्वारीलाई फिर्ता गर्ने निर्णय गरेको छु । निश्चय पनि फुटेर कसैको भलो हुँदैन । अझ सामाजिक रुपान्तरण र समाजवादी यात्राका लागि एकजुट हुनपर्ने आजको आवश्यकता रहँदै आएको छ । माओवादी केन्द्रको तर्फबाट मेयरका सशक कृष्णप्रसाद सापकोटा ’देशबन्धु’ को गठबन्धनलाई साथ, सहयोग गर्ने प्रतिवद्धताका साथ आफ्नो उम्मेद्वारी फिर्ता लिएको घोषणा गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित